राष्ट्रपति रनिङ सिलको लागि भएको ३ न. क्षेत्रको छनौट खेल आज सकिदै

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ३, २०७१

बेनिघाट । चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत धादिङ निर्वाचन क्षेत्र ३ अन्तर्गतको चन्द्रोदय उमावि रिचोकटारमा ३ नम्बर निर्वाचन क्षेत्र स्तरिय खेलकुद प्रतियोगिता आज सकिदै छ ।
शुक्रबार देखि सुरु भएको प्रतियोगितामा जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद ढकालको प्रमुख आतिथ्यता र जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष मनराज भण्डारीको विशेष आतिथ्यता रहेको थियो । आज भलिवल तथा एथ्लेटिक्स तर्फको फाईनल खेल हुने र यसैको आधारमा खेलाडी राष्टपति रनिङ शिल्ड प्रतियोगिताको लागि छनौट गरिने जिल्ला खेलकुद विकास समिति धादिङले जानकारी दिएको छ ।