बंगुर पालनका गर्न सहकारीलाई ४ लाख १५ हजार अनुदान

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १६, २०७१

बागलुङ । पशु सेवा कार्यालय बागलुङले जिल्लाका ६ वटा सहकारी संस्थाहरुलाई बंगुर पाल्नको लागि ४ लाख १५ हजार रुपैया आर्थिक अनुदान दिने भएको छ । नेपाल सरकारको सहकारी खेती कार्यक्रम अन्र्तगत जिल्लाका लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था, मिरमिरे बहुउद्धेश्यीय सहकारी संस्था, नयाँ कृषि अभियान कृषि सहकारी संस्था, मिलन कृषि सहकारी संस्था, हाँडिकोट कृषि सहकारी संस्था र प्रगति बंगुरपालन बहुउेश्यीय सहकारी संस्थालाई २५ वटा बंगुरको पाठा खरिद तथा खोर निर्माणको लागि अनुदान रकम दिन लागिएको वरिष्ठ पशु विकास अधिकृत गोपाल गिरीले जानकारी दिनुभयो ।
सुरुको एक चरणमा खोर निर्माणको लागि ५० प्रतिशत रकम दिईने र खोर निर्माणपछि पाठा खरिद गर्न बाँकी रकम दिने कार्यालयले जनाएको छ ।