गंगालाल तुलाधरद्वारा पुरस्कार वितरण

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १६, २०७१

advansमाघ १७ धादिङबेसी । एड्भान्स एकेडेमीद्धारा आयोजित खेलकुद कार्यक्रम समापन गर्दै पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले पुरस्कृत समुहलाई पुरस्कार वितरण गर्नु भएको छ ।
माघ ११ गतेदेखी सुरु भएको विद्यालयको खेलकुद सप्ताह तथ साँस्कृत उत्सवको विहिवार समापन गरिएको हो । पाँच दिनसम्म संचालित खेलकुद तथा साँस्कृतिक सप्ताह समापनमा कार्यक्रममा पूर्व शिक्षा मन्त्री तथा संविधानसभाका सदस्य गंगालाल तुलाधरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संविधानसभा सदस्य गुरुप्रसाद बुर्लाकोटी प्व्याव्सन धादिङका संस्थापक अध्यक्ष शान्तविक्रम बानियाँ छिमेकी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
माघ १२ गते सरस्वती पुजाको अवसर पारेर सुरु गरिएको खेलकुद सप्ताह समापन कार्यक्रममा बोल्नुहुँदै पूर्व शिक्षा मन्त्री तथा संविधानसभाका सदस्य गंगालाल तुलाधरले स्थानीय बजारबासीको मन जित्ने काम एड्भान्स एकेडेमीले गरिहेकाले विद्यालयको भविष्य उज्जवल रहेको बताउनुभयो ।
विद्यालयले छोटो समयमा धेरै प्रगति गरेको प्रति आफू धेरै खुसी रहेको समेत उहाँको भनाई थियो । कर्यक्रममा सभासद गुरुप्रसाद वुर्लाकोटीले विद्यालयकोे निरन्तर प्रगतिको शुभकामना दिनुभएकोे थियो । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा कुनै प्रकारको कमी हुन नदिन समेत आग्रह गर्नुभयो ।
सप्ताहव्यापी खेलकुद प्रतियोगितामा विद्यालय अभिभावकहरुले समेत विभिन्न विधामा भाग लिएका थिए । प्रतियोगितामा प्रथम दितिय र तृतीय हुने अभिभावकलाई समेत पुरस्कारको व्यवस्था गरिएको उक्त कार्यक्रममा विजयी विद्यार्थीहरुलाई विािभ्भ शैक्षिक सामग्रीहरुद्धारा पुरस्कृत गरिएको थियो । साताव्यापी रुपमा संचालित प्रतियोगितामा अन्तरसदनात्मक भलिबल, दौड, गित तथा नृत्य संचालन गरेको विद्यालयका प्रिन्सिपल गोविन्द बुढाथोकीले बताउनुभयो ।