फुटबल प्रतियोगिता त्रिपुरेश्वर युवा क्लवले जित्यो

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १३, २०७१

footballमाघ १३ गुम्दी । नेत्रावती जनजागरण युवा क्लव गुम्दीको आयोजनामा भएको अन्तर गाविस स्तरीय फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।
माघे संक्रान्ति, ल्होसार तथा हिउँदे चाडपर्वको उपलक्ष्यमा आयोजित फुटवल प्रतियोगिता १० गते जिल्ला विकास समितिका कार्यालय धादिङका इन्जिनियर सुमन गिरीले फुटबल हानेर उद्घाटन गर्नुभएको थियो । चार दिनसम्म तामाङखर्क उमाविमा सञ्चालित प्रतियोगितामा त्रिपुरेश्वर युवा क्लव प्रथम, मिर्मिरे युवा क्लव सल्यानकोट द्धितीय र रातमाटा युवा क्लव गुम्दी तृतीय भएका छन् ।
प्रतियोगितामा विजयी हुनेलाई क्रमश नगद ७ हजार, ५ हजार, ४ हजार सहित मेडल प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । प्रतियोगितामा साजन अधिकारी, सुनिल पन्त र सुवास गुर्छनमगर लाई अनुसाशित खेलाडिको रुपमा पुरस्कृत गरिएको थियो ।
गणेशप्रसाद सिंखडाको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा तामाङखर्क उच्च माध्यमिक विद्यालयका प्राचार्य भरतप्रसाद सिंखडाको प्रमुख आतिथ्यता रहेको थियो ।