उ सधैं सधैं
मेरो सपनामा आउँछ
र सोध्छ मलाई
साथी !
बदलियो त दुनियाँ ?
उसका आँखाहरु छैनन्
तर बलेको देख्छु
उसको नयनको वरिपरि
अतृप्त सपनाका लाभाहरु
उसका खुट्टाहरु छैनन्
तर उभिएको देख्छु
दनदनी बलिरहेको
समयको चितामाथि
उसका हातहरु छैनन्
तर बोकेको देख्छु
छिया छिया भएको
एक टुक्रा झण्डा
उसको निधारमा खोपेको देख्छु
गहिरो भ¥याङ
र देख्छु जहाँबाट भर्खरै कसैले छोडिगएका
बुटको धुलोहरु
उसका करङहरु
कुनै देवालयका सिंडी जस्तै देख्छु
जहाँबाट उक्लिरहकै छन्
असङ्ख्य असङ्ख्य सपनाका ठेकेदारहरु
उसको काँध मक्किसकेको छ
तर अझै भिरेको देख्छु
सपनाको प्यारो झोला
र उ भक्कानिदै
झोलाबाट निकाल्न थाल्छ
सडेका असंख्य गोल्डस्टार जुत्ताहरु
म निशब्द निर्जिव बस्तु झैं ठिङ्ग
उभिरहन्छु
म चुपचाप चुपचाप निरुत्तरित
उसलाई हेरिरहन्छु
उ फेरि बोल्न थाल्छ
साथी !
मलाई चिनेनौं ?
म उही के त
तिमीलाई जिताउन
हारेको
एउटा ‘घाईते सिपाई’
म डराउँछु
आत्तिएर कराउँछु
भूत !
भूत !
भूत !
झल्याँस्स ब्यूँझन्छु
उङीरहेको पाउँछु
‘घुम्ने मेचमाथी’
राजु स्याङ्तान, महोत्तरी खयरमारा ६