एसईई २०८२ः धादिङका २३ विद्यालयको शतप्रतिशत नतिजा

Avatar photo
Dhadingpost
बैशाख २९, २०८३

धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ धादिङका अनुसार एसईई २०८२ को प्रारम्भिक नतिजामा जिल्लाबाट नियमित तर्फ २ हजार ९ सय ७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । कुल ४ हजार २ सय ४६ परीक्षार्थीमध्ये ६८.४६ प्रतिशत विद्यार्थी ग्रेडेड हुँदा १ हजार ३ सय ३९ जना ननग्रेडेड भएका हुन् ।

प्राप्त विवरणअनुसार १० जना विद्यार्थीले ४.०० जिपिए प्राप्त गरेका छन् भने ३.६ देखि ४.०० भन्दा कम जिपिए ल्याउने विद्यार्थी संख्या २ सय ५५ रहेको छ । यस्तै ३.२ देखि ३.६ भन्दा कम जिपिए ल्याउने ६ सय २७, २.८ देखि ३.२ भन्दा कम ल्याउने १ हजार १ सय २५, २.४ देखि २.८ भन्दा कम ल्याउने ८ सय २० तथा २.० देखि २.४ भन्दा कम जिपिए ल्याउने ७० जना रहेका छन् ।

यस वर्ष धादिङका २३ विद्यालयले शतप्रतिशत नतिजा निकाल्न सफल भएका छन् । तीमध्ये १३ सामुदायिक र १० संस्थागत विद्यालय रहेका छन् ।

शतप्रतिशत नतिजा ल्याउने विद्यालयहरूमा सिद्धेश्वर माध्यमिक विद्यालय, शंखा देवी माध्यमिक विद्यालय, चौतारा माध्यमिक विद्यालय, महाकाली माध्यमिक विद्यालय, ब्राइट फ्युचर माध्यमिक विद्यालय, धुनीबेसी बोर्डिङ स्कूल, शान्ति दीप एकेडेमी, डोल भञ्ज्याङ माध्यमिक विद्यालय, मुनाल एकेडेमी, पञ्चकन्या माध्यमिक विद्यालय लगायत रहेका छन् ।

त्यसैगरी गुड स्टार्ट इङ्ग्लिस स्कूल, बसेरी माध्यमिक विद्यालय, शिवालय माध्यमिक विद्यालय, महेन्द्रोदय माध्यमिक विद्यालय, सल्यानटार बाल विकास इङ्ग्लिस बोर्डिङ स्कूल, सक्सेस एकेडेमी, राइजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कूल, पञ्चमुखी सेकेन्डरी स्कूल, डियर वाक धादिङ स्कूल, नालाङ मोडेल एकेडेमी तथा बासखर्क माध्यमिक विद्यालय, भैरवी मावि र निरञ्जना मावि रहेका छन् ।