
धादिङ ।
धादिङ जिल्लाका १३ वटै स्थानीय तहहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सम्मान गर्ने भएका छन् ।
स्थानीय तहहरूको संयुक्त आयोजनामा सांसदहरूलाई बधाई तथा शुभकामना ज्ञापन गर्न आज (३० गते) बिहान ९:३० बजे कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम धादिङबेसीस्थित क्रीक रिसोर्टमा हुने जनाइएको छ।
नवनिर्वाचित सांसदहरूको सफल कार्यकालको कामना गर्दै जिल्लाको समग्र विकासमा सहकार्य गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।















