पेर्चोमा धादिङ–२ का प्रतिस्पर्धी उम्मेदवारबीच जम्काभेट

Avatar photo
Dhadingpost
फाल्गुन १३, २०८२

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिस्पर्धी उम्मेदवारबीच उत्तरी भेगको दुर्गम बस्ती पेर्चोमा जम्काभेट भएको छ। खनियाबास गाउँपालिका–१ पेर्चोमा नेकपाका उम्मेदवार रामबहादुर भण्डारी र नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलाबीच भेटघाट भएको हो।

दुवै उम्मेदवार चुनावी अभियानका क्रममा दुर्गम बस्तीका मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै रुवीभ्याली तथा आसपासका क्षेत्रमा घरदैलो, अन्तरक्रिया र भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएका छन्। सोही क्रममा पेर्चो क्षेत्रमा पुग्दा दुवै उम्मेदवारबीच जम्काभेट भएको बताइएको छ।

उम्मेदवारहरूले स्थानीय मतदातासँग विकास, पूर्वाधार, शिक्षा र स्वास्थ्यलगायत विषयमा छलफल गर्दै सुझाव संकलन गरिरहेका छन्। दुर्गम क्षेत्रका नागरिकका समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन्।

x