धादिङबेसीमा जाली नोट पहिचानबारे सचेतना कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
फाल्गुन १२, २०८२

धादिङ । धादिङबेसीमा जाली नोटको पहिचान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। बजारमा नक्कली नोटको प्रयोग हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम नेपाल राष्ट्र बैंक को मुद्रा व्यवस्थापन विभागको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा सरोकारवाला निकाय तथा स्थानीय प्रतिनिधिहरूलाई सक्कली र नक्कली नोट छुट्याउने तरिकाबारे जानकारी दिइएको बताइएको छ।

राष्ट्रिय वाणिज्य बैंक धादिङ शाखाका प्रमुख दीपक निरौलाका अनुसार कार्यक्रममा सहभागीहरूलाई आर्थिक कारोबार गर्दा शंकास्पद नोट भेटिएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको थियो।

कार्यक्रममा प्रस्तुतिकरणमार्फत नेपाली रुपैयाँका नोटमा रहेका सुरक्षण विशेषता तथा जाली नोट पहिचान गर्ने उपायबारे जानकारी गराइएको थियो। नक्कली नोटको प्रयोग कानुनविपरीत हुने भएकाले यसबारे सचेत रहन आयोजकले सहभागीहरूलाई अनुरोध गरेका छन्।

कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्था, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।

x