धादिङ जिल्लास्तरीय गणितीय हाजिरी जवाफ प्रतियोगितामा नीलकण्ठ बालमन्दिर प्रथम

Avatar photo
Dhadingpost
फाल्गुन ७, २०८२

धादिङ । प्रजातन्त्र दिवसको अवसरमा गणित शिक्षा परिषद्, धादिङद्वारा आयोजित जिल्लास्तरीय माध्यमिक विद्यालय स्तरीय गणितीय हाजिरी जवाफ प्रतियोगितामा नीलकण्ठ बालमन्दिर मा.वि. पहिलो स्थानमा रह्यो ।

यस प्रतियोगितामा धादिङ आवासीय मा.वि. दोस्रो, मुनाल एकेडेमी तेस्रो र न्यू किबो बोर्डिङ स्कूल सान्त्वना स्थानमा रह्यो । प्रथम पुरस्कारका रूपमा रु ६,०००, दोस्रो रु ४,५००, तेस्रो रु ३,००० र सान्त्वना रु १,५०० प्रदान गरिएको थियो । साथै, विजेताहरूलाई मेडल, ट्रफी र प्रमाणपत्रद्वारा सम्मानित गरियो ।

प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेकोमा प्रवेश चरणबाट ६ टिम बाहिरिएर अन्तिम १० टिमबीच प्रतिस्पर्धा सम्पन्न भएको थियो ।

कार्यक्रम नीलकण्ठ बालमन्दिर मा.वि.को प्राङगणमा आयोजना गरिएको थियो । गणित परिषद्, धादिङका अध्यक्ष प्रयास रेग्मी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, धादिङका शाखा अधिकृत विजय तामाङ प्रमुख अतिथि थिए। उद्घोषक सचिव उत्तम भट्ट र कुइज मास्टर चेतनारायण श्रेष्ठ कार्यक्रम सञ्चालनकर्ता थिए ।