
धादिङ । विभिन्न राजनीतिक दल परित्याग गर्दै आठ जना नेताकार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। खनियाबास, रुवीभ्याली र गंगाजमुना क्षेत्रका सक्रिय राजनीतिक व्यक्तित्वहरूले पुराना दल छाड्दै रास्वपामा आबद्धता जनाएका हुन्।
रास्वपामा प्रवेश गर्नेमा
- मंग तामाङ (खनियाबास) – नेकपा बागमती प्रदेश सदस्य
- हेम थापा तामाङ (रुवीभ्याली) – एमाले धादिङका पूर्व जिल्ला सदस्य
- श्रीबहादुर तामाङ (खनियाबास) – कांग्रेसबाट वडा अध्यक्षका प्रत्यासी उम्मेदवार
- सन्तोष तामाङ (खनियाबास) – कांग्रेसका सक्रिय कार्यकर्ता
- अनिल थापा मगर (नीलकण्ठ ४) – स्वतन्त्र नागरिक
- दिनेश गुरुङ – गंगाजमुना
- जी बहादुर घले – मंगोल अर्गनाइजेसन
- श्यामकाजी श्रेष्ठ – कांग्रेस
नवप्रवेशीहरूलाई रास्वपाका समानुपातिक उम्मेदवार बसुमाया तामाङ र धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार बोधनारायण श्रेष्ठ ले घण्टी चिन्हको ब्याज लगाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै नवप्रवेशीहरूले पुराना दलहरूलाई पटक–पटक अवसर दिँदा पनि देशमा सुशासन कायम हुन नसकेको, उल्टै भ्रष्टाचार बढ्दै देश ऋणको दलदलमा फसेको टिप्पणी गरे। अब देशलाई सही दिशामा लैजान र सुशासनको नेतृत्व गर्न रास्वपा सक्षम भएको विश्वाससहित आफूहरू पार्टीमा प्रवेश गरेको उनीहरूको भनाइ थियो।
