
धादिङ। धादिङ गल्छी हुँदै धादिङबेसी आईपुगेका बालेन शाह आज आरुघाटतर्फ प्रस्थान गरेका छन् । जानकारी अनुसार उनी आज साँझ गोरखा बजार पुग्ने कार्यक्रम रहेको छ ।
गल्छी चोकमा जम्मा भएका स्थानीय बासिन्दा र रास्वपा कार्यकर्ताहरूले बालेनको स्वागत घण्टी बजाएर गरेका थिए । सोही मार्ग हुँदै धादिङबेसी आएका बालेनसहितको टोलीले मुल बजार क्षेत्रमा गाडी तथा बाइक र्याली गरी स्थानीयवासीहरूलाई जय घण्टी भन्दै चुनाव चिन्हको प्रचार गरेका थिए ।
क्षेत्र नं. १ का उम्मेदवार आशिका तामाङ र क्षेत्र नं. २ का उम्मेदवार बोधनारायण श्रेष्ठले पनि बालेनको स्वागत गरेका थिए ।
