धादिङबेसीमा भोलि प्याब्सन बागमती प्रदेशस्तरीय लोकनृत्य प्रतियोगिता

Avatar photo
Dhadingpost
फाल्गुन १, २०८२

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले फागुन २ गते धादिङमा बागमती प्रदेशस्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ।

धादिङबेसीस्थित क्रिक रिसोर्टको सभाहलमा हुने उक्त प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट छनोट भई आएका विद्यालय टिमको सहभागिता रहने प्याब्सन धादिङका सचिव भीमबहादुर श्रेष्ठले जानकारी दिए।

उक्त प्रतियोगितामा धादिङ जिल्लाबाट छनोट भएका
एडभान्स एकेडेमी, चिल्ड्रेन पार्क बोर्डिङ स्कुलसक्सेस एकेडेमी ले सहभागिता जनाउने छन्।

प्रतियोगितामा प्रदेशस्तरका उत्कृष्ट विजेता र उपविजेता टोलीले राष्ट्रिय स्तरको लोकनृत्य प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

प्रदेश विजेता हुँदै राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने क्रममा धादिङ जिल्लाले लोकनृत्य प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ।
धादिङको प्रतिनिधित्व गर्दै एडभान्स एकेडेमीले
२०७९ सालमा प्रथम,
२०८० सालमा द्वितीय,
२०८१ सालमा पुनः प्रथम स्थान हासिल गरेको थियो।

त्यस्तै सक्सेस एकेडेमीले २०८० सालमा तृतीय स्थान हासिल गरी जिल्लाको प्रतिष्ठा बढाएको थियो।

यस वर्ष पनि धादिङका विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशस्तरमै जिल्लाको नाम उच्च राख्ने अपेक्षा गरिएको छ।