
धादिङ । धादिङ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आशिका तामाङलाई गजुरी–७ का स्थानीयवासीहरूले बाजागाजासहितभव्य स्वागत गरेका छन्।
आशिका तामाङ आज गजुरी–७ र ८ को मतदाता भेटघाटको क्रममा उपस्थित भएकी हुन्। सामाजिक अभियन्ताका रूपमा परिचित उनले दैनिक टोल–टोलमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी प्रचारलाई तीव्र बनाइरहेकी छिन्।
स्थानीयहरूले उनको स्वागत गर्दै खुशी व्यक्त गरेका छन् भने आशिका तामाङले मतदातासँगको संवादलाई अभियानको मुख्य प्राथमिकता बनाइरहेको बताएकी छन्।
भेटघाटकाे क्रममा उनले धादिङ १ का जनता परिवर्तन चाहेका छन् भन्ने सन्देश दिनेगरि मतदान गर्न आग्रह गर्दै अाएकी छिन् ।
