धादिङ–२ मा घण्टी बहाक बोधनारायण श्रेष्ठको चुनावी रफ्तार तीव्र

Avatar photo
Dhadingpost
माघ २५, २०८२

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का घण्टी चिन्ह बहाक उम्मेदवार बोधनारायण श्रेष्ठले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।

दैनिक दर्जनभन्दा बढी स्थानमा पुग्दै मतदातासँग प्रत्यक्ष भेटघाट, सुझाव संकलन र संवाद गरिरहेका श्रेष्ठ आज माघ २५ गते त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर ३, ४ र ६ का विभिन्न गाउँबस्तीहरूमा पुगेका थिए।

स्थानीय बासिन्दा मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्दै उनले “जनताको आवाज नै आफ्नो एजेन्डा” रहेको बताएका छन्।

उनको चुनावी कार्यक्रम अनुसार माघ २६ गते नीलकण्ठ नगरपालिकाका वडा नम्बर ९ र १० मा मतदाता भेटघाट तथा जनसंवाद कार्यक्रम हुने जनाइएको छ।

जनतासँग प्रत्यक्ष संवाद र सक्रिय उपस्थितिका कारण श्रेष्ठको अभियान धादिङ–२ मा थप गतिशील बन्दै गएको राजनीतिक विश्लेषकहरू बताउँछन्।