
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गंगाजमुनाको पालिका स्तरीय सम्पर्क कार्यालय आज फुलखर्कमा एक औपचारिक समारोहका बीच उद्घाटन गरिएको छ। कार्यालयको उद्घाटन धादिङ क्षेत्र नं. २ का घण्टी बहाक उम्मेदवार बोदनारायण श्रेष्ठले गरेका हुन्।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले सुशासन, पारदर्शिता र समृद्धिका लागि आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो। जनताको भरोसा जित्दै नयाँ राजनीतिक संस्कार स्थापना गर्नु आफ्नो मुख्य लक्ष्य रहेको उनको भनाइ थियो।
कार्यालय उद्घाटन अघि उम्मेदवार श्रेष्ठले गुम्दी सातदोबाटोमा स्थानीय कार्यकर्तासँग भेटघाट गरेका थिए भने उद्घाटनपछि डाँडागाउँ पुगेर मतदाता तथा पार्टी कार्यकर्तासँग छलफल गरेका छन्।
उम्मेदवार श्रेष्ठ भोली माघ १९ गते बसेरी र बुढाथुम क्षेत्रमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ।
