नेकपा धादिङ–२ निर्वाचन परिचालन समितिको बैठक सम्पन्न, पालिकास्तरीय जिम्मेवारी तोकियो

Avatar photo
Dhadingpost
माघ १२, २०८२

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङ क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार, युवा परिचालन र पालिकास्तरीय कार्यविभाजनका महत्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले धादिङ क्षेत्र नम्बर २ भित्रका सातवटै स्थानीय तहमा नेतृत्व तथा जिम्मेवारी तोकेको छ । जसअनुसार

  • नीलकण्ठका लागि दिपक विक, शम्भु श्रेष्ठ र शिवनिधि खनाल,
  • ज्वालामुखीका लागि भानु दुवाडी र सुब्बा रम्तेल,
  • नेत्रावती डबजोङका लागि शंकर अधिकारी, उर्मिला तामाङ, प्रेम तामाङ र डम्बर अधिकारी,
  • त्रिपुरासुन्दरीका लागि कुमार र आशिष,
  • गंगाजमुनाका लागि नारायण कार्की, नमराज अधिकारी र रामेश्वर सिंखडा,
  • खनियाबासका लागि प्रदिप तामाङ र सेक्केमान तामाङ,
  • रुबी भ्यालीका लागि जिवान तामाङ र रामसिंह तामाङलाई जिम्मेवारी तोकिएको छ ।

बैठकले यस क्षेत्रभित्रका ६१ वटै वडामा वडा संयोजक तोक्ने र बुथ कमिटी गठन गर्ने निर्णय पनि गरेको छ । साथै, जिल्ला स्तरीय युवा भेला आयोजना गर्ने र सातैवटा स्थानीय तहमा पालिकास्तरीय युवा भेला सञ्चालन गर्ने निर्णय गरिएको छ ।

प्रचार–प्रसार समितिको संयोजकमा दिपक विश्वकर्मा र सह–संयोजकमा नवराज छत्कुली चयन गरिएको छ भने आईएनटी (सूचना तथा प्रविधि) तर्फ अमृत तामाङ र उद्धव रिजाललाई जिम्मेवारी दिइएको छ ।

निर्वाचन परिचालन समितिका संयोजक जगत सिंखडाको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपाका वरिष्ठ नेता तथा बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा गंगालाल तुलाधर, पुष्पविक्रम मल्ल, शालिकराम जम्कट्टेल, धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर भण्डारी, दिपा सिंखडा, मराज भण्डारी, गुरु बुर्लाकोटी लगायत केन्द्रीय सदस्यहरूको विशेष उपस्थिति रहेको थियो ।

बैठकले संगठन सुदृढीकरण, युवा परिचालन र मतदातामाझ पार्टीको एजेन्डा पुर्‍याउने अभियानलाई तीव्र बनाउने निर्णयसमेत गरेको जनाइएको छ ।