
धादिङ । नेकपा (एमाले) को काठमाडौंमा सम्पन्न ११औँ महाधिवेशनबाट धादिङका तीन जना नेताहरू निर्वाचित भएका छन्। तीमध्ये एक जना निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचित हुनेमा लेखा आयोग अध्यक्षमा पुष्पराज कडेल निर्विरोध चयन भएका छन्। यस्तै केन्द्रीय सदस्यमा खेम लोहनी र भूमि त्रिपाठी निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली समूहबाट उम्मेदवारी दिएका खेम लोहनीले १ हजार ७३७ मत र भूमि त्रिपाठीले १ हजार ४४९ मत प्राप्त गरी केन्द्रीय सदस्यमा विजयी भएका हुन्।
इश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएका मिनराज कडेलले ६३१ मत प्राप्त गरेका थिए भने लेखा आयोग सदस्यमा उम्मेदवारी दिएका ध्रुव विश्वकर्माले ८७८ मत प्राप्त गरेका छन्।

