कांग्रेस धादिङको बैठक मंसिर २६ गते बस्ने

Avatar photo
Dhadingpost
मंसिर २१, २०८२

धादिङ । नेपाली कांग्रेस, जिल्ला कार्यसमिति धादिङको बैठक आगामी २०८२ मंसिर २६ गते (शुक्रबार) बिहान ११ बजे धादिङबेसीस्थित बीपी स्मृति भवनमा बस्ने भएको छ।

जिल्ला कार्यसमितिका सभापति रामनाथ अधिकारीद्वारा जारी सूचनाअनुसार उक्त बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, स्थायी आमन्त्रित सदस्य, पदेन सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका जिल्ला अध्यक्षहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

स्थायी आमन्त्रित सदस्यतामा जिल्लाका केन्द्रीय सदस्य, पूर्व जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, बागमती प्रदेशका मन्त्री तथा सांसद, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू रहनेछन् भने पदेन सदस्यका रूपमा प्रतिनिधिसभा क्षेत्र र प्रदेशसभा क्षेत्रका सभापतिहरू सहभागी हुनेछन्।

बैठकका प्रमुख कार्यसूचीहरू:

  1. माघ ११ गते हुने राष्ट्रिय सभाको सदस्य निर्वाचन का लागि पार्टी विधान तथा केन्द्रीय र प्रदेश पार्टी कार्यालयबाट प्राप्त परिपत्रअनुसार सम्भावित उम्मेदवारको नामावली प्रदेश कार्यसमितिमा सिफारिस गर्ने।
  2. फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन का लागि क्षेत्रीय कार्यसमितिबाट प्राप्त सिफारिसका आधारमा जिल्ला कार्यसमितिको राय निर्माण गरी सम्भावित नाम प्रदेश कार्यसमितिमा पठाउने।
  3. क्रियाशील सदस्यता सम्बन्धी विषयमा छलफल।
  4. विविध।

नेपाली कांग्रेस धादिङले उक्त बैठकलाई आगामी निर्वाचन र संगठन सुदृढीकरणका दृष्टिले महत्त्वपूर्ण बताएको छ।