आज विश्व माटो दिवस: स्वस्थ माटोबाटै स्वस्थ सहर सम्भव

Avatar photo
Dhadingpost
मंसिर १९, २०८२

काठमाडौं । हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाइन्छ। यो दिवस संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्था (FAO) को पहलमा विश्वभर मनाउने गरिन्छ। माटोको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले यस दिवसको सुरुआत गरिएको हो।

थाइल्याण्डका पूर्व राजा भुमिबोल अडुल्याडेज ले माटो संरक्षणको क्षेत्रमा ठूलो योगदान दिनुभएको थियो। उहाँकै सम्मानमा उहाँको जन्मदिन डिसेम्बर ५ लाई विश्व माटो दिवस घोषणा गरिएको हो।

२०२५ को नारा के छ?:

यस वर्षको नारा रहेको छ — “Healthy Soils for Healthy Cities” (स्वस्थ माटो, स्वस्थ सहर)
यस नाराले माटो स्वस्थ भए मात्र सहर पनि स्वस्थ हुन्छ भन्ने सन्देश दिन्छ।

स्वस्थ माटोले:

  • राम्रो बाली उत्पादन गर्छ
  • स्वच्छ वातावरण बनाउँछ
  • हरियो सहर निर्माणमा सहयोग गर्छ
  • जलवायु परिवर्तनको असर घटाउँछ

तर आज रासायनिक मल, उत्खनन, वन विनाश र अव्यवस्थित सहरीकरणका कारण माटोको उर्वराशक्ति घट्दै गएको छ।

माटो बिना जीवन सम्भव छैन।
स्वस्थ माटो = सुरक्षित भविष्य हो।
त्यसैले आजको दिन माटो संरक्षणका लागि सबैले जिम्मेवार बन्नु आवश्यक छ।