नेकपा धादिङको एकता कार्यदल बैठक सम्पन्न, २० गते जिल्ला भेला गर्ने

Avatar photo
Dhadingpost
मंसिर १३, २०८२

धादिङ । माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी जिल्ला समिति धादिङको एकता कार्यदलको बैठक सम्पन्न भएको छ।

तात्कालिन माओवादी केन्द्रले उपयोग गर्दै आएको धादिङबेसी रायटारस्थित नवनिर्मित भवनमा बसेको बैठकमा नेता पुष्पविक्रम मल्ल, शालिकराम जम्कट्टेल, गुरु बुर्लाकोटी, दलबहादुर बुर्लाकोटीलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

बैठकको निर्णयबारे जानकारी दिँदै दिपाक लामिछाने (सुवोध) ले बताए अनुसार, एकता प्रक्रियालाई सुदृढ बनाउने उद्देश्यसहित मंसिर १६ देखि १८ गतेसम्म सबै पालिकामा एकता कार्यदलको बैठक गर्ने,
मंसिर २० गते धादिङबेसीमा जिल्ला भेला आयोजना गर्ने र
मंसिर २३ गते हेटौंडामा हुने एकता सभामा धादिङका नेता तथा कार्यकर्ताहरू सहभागी गराउने निर्णय गरिएको छ।

दुबै पार्टीका जिल्ला संयोजक मनराज भण्डारी र नारायण कार्कीको अध्यक्षतामा बसेको बैठकले आगामी चुनावलाई लक्षित गर्दै संगठन विस्तार तथा तयारीलाई थप सक्रिय बनाउने निर्णय गरेको छ।