एड्भान्स एकेडेमीमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
मंसिर १२, २०८२

बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत आज आयोजित हाजिरी जवाफ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
🏅 रातो सदन प्रथम
🥈 पहेंलो सदन द्वितीय
🥉 निलो सदन तृतीय घोषित

कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा विजेता विद्यार्थीलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिएको विद्यालयले जनाएको छ।
ECA विभाग प्रमुख सुनिता तामाङका अनुसार उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई छिट्टै हुने प्याब्सन धादिङ स्तरीय प्रतियोगितामा प्रतिनिधित्व गराइनेछ।

प्रिन्सिपल भीमबहादुर श्रेष्ठका अनुसार हरेक शुक्रबार सञ्चालन हुने ECA/CCA गतिविधिले विद्यार्थीको सिर्जनशीलता, क्षमता र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। ✨📘