
धादिङ । एडभान्स एकेडेमीमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूबीच आयोजित एकल नृत्य प्रतियोगिता शुक्रबार ‘बुक फ्री डे’ कार्यक्रमअन्तर्गत सम्पन्न भएको छ। करिब ५५ जना विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा डान्स प्रशिक्षक रीना गुरुङ र उमेश मगरले निर्णायकको भूमिका निर्बाह गर्नुभएको थियो।
कक्षा १ तर्फ आज्ञा श्री श्रेष्ठ प्रथम, स्नेहा श्रेष्ठ द्वितीय, वर्षा तामाङ तृतीय तथा प्रसिद्ध भट्ट सान्त्वना भएकाहरू हुन्।
कक्षा २ तर्फ अनिश तामाङ प्रथम, इसनिहा श्रेष्ठ द्वितीय, मनिषमा भट्ट तृतीय तथा सिसन तामाङ सान्त्वना घोषित भए।
त्यसैगरी कक्षा ३ तर्फ रिदिमास नेपालीले प्रथम, सुष्मा गुरुङले द्वितीय, दिव्य शाक्यले तृतीय तथा रविश्का लम्सालले सान्त्वना स्थान हासिल गरेका छन्।
कार्यक्रम प्रधानाध्यापक भीमबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो। विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा विजेताहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने विद्यालयले जनाएको छ।
प्रधानाध्यापक श्रेष्ठले अतिरिक्त गतिविधिहरूले विद्यार्थीहरूको लुकेका प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता गतिविधि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
