
धादिङ । धादिङका युवा अनुसन्धानकर्ता डा. गणेश ढुंगाना क्यानडाको प्रतिष्ठित युनिभर्सिटी अफ ब्रिटिश कोलम्बिया (University of British Columbia – UBC) मा पोस्टडोक्टरल रिसर्च फेलो बनेका छन्।
डा. ढुंगानाले विपद् व्यवस्थापन (Disaster Management) विषयमा पीएचडी गरेका छन् र हाल UBC Disaster Resilience Research Network अन्तर्गत पोस्टडोक्टरल फेलोका रूपमा कार्यरत छन्। यसअघि उनी अमेरिकाको हार्भर्ड विश्वविद्यालय (Harvard University) अन्तर्गत Harvard Humanitarian Initiative (HHI) मा Program on Resilient Communities का Project Lead समेत रहे।
उनी विपद् व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन र समुदायिक सहनशीलतासम्बन्धी अनुसन्धानका लागि परिचित छन्। उनका अनुसन्धान रुचिहरूमा Disaster Governance, Community Resilience, Social Vulnerability, Sustainability Frameworks, Indigenous Knowledge, र Humanitarian Action जस्ता विषयहरू समावेश छन्।
डा. ढुंगानाले विश्वका प्रतिष्ठित जर्नलहरूमा दर्जनभन्दा बढी वैज्ञानिक लेखहरू प्रकाशित गरेका छन्। हालै प्रकाशित उनका प्रमुख अनुसन्धानहरूमध्ये “Assessing the role of international agencies in disaster governance in the aftermath of the 2015 Nepal earthquake” (Progress in Disaster Science, 2025) विशेष चर्चा पाएको छ।
उनले Brown International Advanced Research Fellowship (USA), Development Leadership Scholar Award (OPEC Fund for International Development, Austria & One Young World, UK), Social Science and Humanitarian Action Fellowship (Institute of Development Studies, UK), र DIHAD Scholar Award 2025 (UAE) जस्ता अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन्।
उनको शैक्षिक प्रोफाइल (Academic Biography) समेत युनिभर्सिटी अफ ब्रिटिश कोलम्बिया (UBC) ले आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशन गरेको छ, जसले उनको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ।
डा. ढुंगानाको योगदानले नेपाली युवा अनुसन्धानकर्तामाझ प्रेरणाको स्रोत बनेको छ। विपद् व्यवस्थापन र समुदायिक दिगोपनको क्षेत्रमा उनको अनुसन्धानले नेपालको मात्र होइन, सम्पूर्ण विश्वका लागि मार्गदर्शन गर्ने सम्भावना बोकेको बताइन्छ।
