
धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–३ चिमचोकमा कन्यादेवी माई मेला तथा भलिबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ। स्थानीय संस्कृति, खेलकुद र सामुदायिक एकता प्रवर्द्धन गर्ने उद्देश्यका साथ कन्यादेवी माई मेला समिति, चिमचोकले मेला आयोजना गर्न लागेको हो।
मेला कात्तिक २५ गते उद्घाटन हुने र कात्तिक २९ गतेसम्म सञ्चालन हुने कार्यक्रम तय गरिएको छ। मेला अवधिभर विविध धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरू हुने आयोजक समितिले जनाएको छ।
मेलाको आकर्षणका रूपमा भलिबल प्रतियोगिता कात्तिक २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा स्थानीय युवा क्लबहरूबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरू मिना लामा, लक्ष्मी स्याङतान, सुक लामा तामाङ, सैलाप वाइबा र दूर ब्रेभ गुरुङका आकर्षक प्रस्तुति रहनेछन्।
आयोजक समितिका अनुसार कन्यादेवी माई मेलाले धादिङ क्षेत्रको पर्यटन, संस्कृति र स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास गरिएको छ।
