रामकुमारी झाँक्री सहितका नेताहरु एमालेमै फर्किने

Avatar photo
Dhadingpost
कार्तिक १९, २०८२

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका असन्तुष्ट नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राई लगायत १०० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा फर्किने अन्तिम तयारी गरेका छन् ।

पत्रकार सम्मेलनमा झाँक्रीले बताइन् कि एकीकृत समाजवादी पार्टी विघटन भइसकेकोले नयाँ खोल्नुभन्दा क्रिशिल पार्टीमै आवद्ध हुने जनाउँदै एमाले मै फर्कने संकेत गरेकी छिन् ।

पार्टी विघटन भयो । अब हामी एक ठाउँमा उभिनुको विकल्प छैन । माधव नेपाल र प्रचण्डको एकताबाट बन्ने पार्टीमा लोकतन्त्र संकट हुन्छ विचार मिल्ने तिर आफूहरु लाग्नु पर्ने झाँक्रीले बताईन् ।