
काठमाडौं । लगातार तीन खेलमा हार बेहोरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बुधबार) हुने लिग–२ को अन्तिम खेलमा यूएईविरुद्ध सान्त्वना जितकाे खोजीमा मैदानमा उत्रँदैछ।
खेल बिहान ११:१५ बजे दुबईस्थित आईसीसी एकेडेमी मैदानमा सुरु हुने कार्यक्रम छ।
यसअघि नेपाल यूएईसँगको खेलमा ५ विकेटले पराजित भएको थियो।
यस पटकको खेलमा टिम संयोजनमा केही परिवर्तन हुने सम्भावना रहेको बताइएको छ।
खराब फर्ममा रहेका आरिफ शेखको सट्टा अनिल साहलाई मौका दिइने सम्भावना छ भने बाँयाहाते स्पिनर ललित राजवंशीको स्थानमा शाहब आलम खेल्ने अपेक्षा गरिएको छ।
हालसम्मका १९ खेलमा १२ अंकसहित सातौं स्थानमा रहेको नेपालका लागि यो खेल आत्मविश्वास पुनःस्थापनाको अवसरका रूपमा लिइएको छ।
जितले अंकतालिकामा ठूलो परिवर्तन ल्याउने सम्भावना नभए पनि सिरिजको सुखद अन्त्य र आगामी खेलका लागि मनोबल बलियो पार्ने विश्वास गरिएको छ।
विश्लेषकहरूको भनाइमा, यूएईविरुद्धको जितले नेपाललाई आगामी प्रतिस्पर्धाका लागि ऊर्जा र उत्साह प्रदान गर्नेछ, जसले राष्ट्रिय टिमको प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। फाईल तस्वीर स्रोतः CAN
