त्रिपुरासुन्दरी–४ मा जारी खुल्ला वडा स्तरीय भलिबलको आज फाइनल

Avatar photo
Dhadingpost
कार्तिक ४, २०८२

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–४ मा पहिलो पटक आयोजना गरिएको खुल्ला पुरुष वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका–४ खेलकुद टिमद्वारा आयोजना गरिएको प्रतियोगितामा विभिन्न गाउँपालिकाका ९ टोली सहभागी भएका छन्।

प्रतियोगितामा धादिङका खनियाबास, गंगाजमुना र नेत्रावती गाउँपालिकाका टिमहरू समेत सहभागी छन्।

प्रतियोगिता चार समूह ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ मा विभाजन गरिएको छ। समूह ‘क’ मा PYC पोखरा, अन्नी र निभुबाङटे, समूह ‘ख’ मा नेगाल्ली र CYC सुनसरी, समूह ‘ग’ मा थाङबे ‘B’ र KFC खहरे, समूह ‘घ’ मा रहस्यनगर र आयोजक ‘A’ रहेका छन्।

पहिलो चरणमा समूहगत खेल सकिएपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुँदैछ।

विजेता टोलीलाई खसीसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई बोका सहित ट्रफी, मेडल र प्रमाणपत्र, र तृतीय हुने टोलीलाई सानो बोका सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

स्थानीय युवाहरूको सक्रिय पहलमा सुरु गरिएको प्रतियोगिता गाउँमा खेलकुदको माहोल सिर्जना गर्न र खेलप्रति युवाको रुचि बढाउन उद्देश्य राखिएको आयोजकले जनाएको छ। फोटोः सन्दिप थापामगर, भलिबल रेफ्री