ज्वालामुखी–४ टारीमा जारी फुटबलको फाइनल आज

Avatar photo
Dhadingpost
अशोज १२, २०८२

धादिङ । विजयादशमीको अवसरमा “टारी म्हेन्दोमाया एकता समाज” ज्वालामुखी–४, धादिङको आयोजनामा असोज १० गतेदेखि ज्वालामुखी–४ टारीमा सुरु भएको सेभेन–ए–साइड फुटबल प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ ।

आज बिहान पानी परेका कारण तोकिएको समय बिहान ८ बजे नै पहिलो सेमिफाइनल खेल सुरु गर्न नसकिएको आयोजक समितिका पूर्ण तामाङले जानकारी दिए । तर केही समय ढिला भए पनि दुवै सेमिफाइनल खेल र फाइनल खेल आजै सम्पन्न हुने उनले बताए ।

सेमिफाइनलमा भिड्ने टिमहरू :
१. आयोजक ए vs मैदी एफसी
२. सनराइज एफसी vs खरी खरी एफसी

प्रतियोगिताको विजेता टोलीले नगद रु. ५५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ३३,३३३ सहित मेडल र प्रमाणपत्र पाउनेछ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही रु. १,५०० सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

दशैँ विशेष सांस्कृतिक कार्यक्रमसहित आजै विजेता टोलीलाई पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।