थाक्रेमा जिल्ला स्तरीय तेक्वान्दो बेल्ट ग्रेडिङ परीक्षा भोली हुने

Avatar photo
Dhadingpost
अशोज १०, २०८२

धादिङ । धादिङ जिल्ला तेक्वान्दो संघको आयोजनामा जिल्ला स्तरीय रातो–कालो पेटी, कालो पेटी प्रथम डान र कालो पेटी दोस्रो डान बेल्ट ग्रेडिङ परीक्षा भोलि (शनिबार) हुने भएको छ ।

ग्रेडिङ परीक्षा थाक्रे गाउँपालिका–६ महादेववेशीस्थित श्री जनजागृति माध्यमिक विद्यालय प्राङ्गणमा सञ्चालन गरिने जिल्ला कार्यसमितिले जनाएको छ ।

संघका उपाध्यक्ष विदुर बास्कोटाका अनुसार हाल धादिङ जिल्ला तेक्वान्दो संघ अन्तर्गत २० भन्दा बढी डोजाङ क्रियाशील रहेका छन् भने हजारभन्दा बढी खेलाडी आवद्ध छन्।