
धादिङ । नीलकण्ठ–३ धादिङबेसीस्थित एड्भान्स एकेडेमीले दशैं विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार आयोजित कार्यक्रममा कक्षा प्ले ग्रुपदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई टिका–जमरा लगाई दशैंको शुभकामनासहित विदा गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमका क्रममा विद्यार्थीलाई टिका–जमरा र दक्षिणासमेत प्रदान गरिएको थियो ।
प्रिन्सिपल भीमबहादुर श्रेष्ठले यस कार्यक्रमले विद्यार्थीहरूमा दशैं पर्व र विजया दशमीको थप उल्लास जगाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण नानीबाबुहरूको उज्ज्वल भविष्यको लागि हार्दिक मंगलकामना व्यक्त गरे ।












