
धादिङ । नीलकण्ठ नगरपालिका–१४, धुवाँकोटस्थित जनआवाज युवा क्लबले चौमासिक नियमित बैठकको अबसरमा एसईई (SEE) परीक्षा २०८०/८१ र २०८१/८२ मा नियमित तर्फ उत्तीर्ण भएका विद्यार्थीलाई विशेष सम्मान गरेको छ।
क्लब परिवारका सदस्य रहेका ६ जना विद्यार्थीलाई सम्मान गर्दै क्लबका अध्यक्ष ठमबहादुर गुरुङले उज्ज्वल भविष्य, प्रगति र सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी अभिभावक, शिक्षक तथा स्थानीयले क्लबको यस प्रयासलाई सराहना गर्दै आगामी दिनमा पनि निरन्तर रूपमा विद्यार्थीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।







