
धादिङ । गङ्गाजमुना गाउँपालिका–५ ले राष्ट्रिय शिक्षा दिवस २०८२ को अवसरमा २५ जना उत्कृष्ट विद्यार्थी, ४९ जना समर्पित शिक्षक र ६ वटा विद्यालयलाई सम्मान गरेको छ ।
कार्यक्रममा साथै ६० जना गरिब तथा जहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष कुमारबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा स्तरीय शिक्षक सम्मेलन पनि सम्पन्न गरिएको थियो । तस्वीरः कृष्ण रानामगर
