आज संविधान दिवसः धादिङमा कांग्रेस, एमाले र माओवादीको छुट्टाछुट्टै कार्यक्रम

Avatar photo
Dhadingpost
अशोज ३, २०८२

धादिङ । आज असोज ३ गते, संविधान दिवसको अवसरमा धादिङमा प्रमुख तीन दल-नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्ने भएका छन् ।

कांग्रेसले संविधानको रक्षा र कार्यान्वयनका विषयमा धादिङबेसीस्थित बीपी स्मृति भवनमा विशेष कार्यक्रम राखेको छ । त्यस्तै, एमालेले धादिङबेसीमै बृहत र्‍याली र कोणसभा गर्ने भएको छ भने माओवादी केन्द्रले पालिका स्तरमा द्विप प्रज्वालन, अन्तक्र्रिया र कोणसभा आयोजना गर्ने कार्यक्रम तय गरेको छ ।

२०७२ साल असोज ३ गते नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ। यस संविधानले २०६३ सालमा तत्कालीन माओवादीसहित आठ राजनीतिक दलबीच भएको ऐतिहासिक सम्झौताका आधारमा जारी अन्तरिम संविधानलाई प्रतिस्थापन गरेको हो ।