एमालेले संविधान दिवसको अवसरमा धादिङबेसीमा र्‍याली गर्ने

Avatar photo
Dhadingpost
अशोज २, २०८२

धादिङ । संविधान दिवसको अवसरमा नेकपा एमाले धादिङले असोज ३ गते धादिङबेसीमा बृहत र्‍याली र कोणसभा आयोजना गर्ने भएको छ ।

जेन–जी आन्दोलनपछि देशको राजनीतिक अवस्था परिवर्तनशील बनेको समयमा, पार्टीले संगठनात्मक एकता बलियो बनाउने र जनसमर्थन फिर्ता ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा पार्टीका सबै तहका अध्यक्ष, वडाका नेता र युवा सदस्यहरूको सहभागिता अनिवार्य रहेको बताइएको छ।

एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले भने, “संविधान दिवसमा हाम्रो प्रतिबद्धता स्पष्ट पार्ने अवसर हो। यसले वर्तमान राजनीतिक परिवेशमा पार्टीको स्थायित्व र जनताको विश्वास पुनः प्राप्त गर्न मद्दत पुर्‍याउनेछ।”

पार्टीकी सचिव राधिका सापकोटाले पनि बताइन्, “जिल्लाभरका सदस्य र शुभचिन्तकहरूले र्‍यालीमा सहभागिता जनाउनेछन्। यसले एमालेको संगठन शक्ति र जनसमर्थन देखाउनेछ र संवेदनशील राजनीतिक परिस्थितिमा सकारात्मक सन्देश पठाउनेछ।”