आजको मौसम पूर्वानुमान

Avatar photo
Dhadingpost
भदौ २९, २०८२

धादिङ । आज देशभर सामान्यतया बदली रहने मौसम विभागले जनाएको छ । दिउँसोका समयमा देशका पहाडी भू–भागका केही र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । साथै, कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहने विभागको पूर्वानुमान छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने देखिन्छ । यस्तै, कोशी, मधेश र लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।

मौसमी विश्लेषणअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास नै अवस्थित भएकाले देशभर मनसूनी गतिविधि सक्रिय रहने देखिएको छ । फाईल तस्वीर