
काठमाडौं । देशभर आगामी २४ घण्टा साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले धादिङसहित आसपासका जिल्लाहरूमा बिहानैदेखि वर्षा भइरहेको छ।
आज दिउँसो
देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थान तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत रहेको विभागले जनाएको छ।
आज राति
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी र तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। त्यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
मौसमी विश्लेषण
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ, जसको प्रभावले देशभर वर्षा हुने क्रम जारी रहेको हो।
विभागले भारी वर्षाको सम्भावित क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ।
