
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङको थाक्रे गाउँपालिका–३ मा वडा स्तरीय भेला सम्पन्न गरेको छ ।
प्रथम वडा भेलाले डम्बर तामाङलाई सभापति, कृष्ण तामाङलाई उपसभापति र बद्री पौडेललाई सचिवमा चयन गरेको छ । त्यस्तै, सन्देश अर्याल, भीमसेन तामाङ, बुद्धिमान तामाङ र सुरज गिरी सदस्यका रूपमा निर्वाचित भएका छन् ।
वडा भेलामा रास्वपाका स्थानीय कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले नयाँ नेतृत्वले संगठनलाई अझ सशक्त बनाउन योगदान दिने विश्वास व्यक्त गरेका थिए ।
