
धादिङ । नेपाल तरुणदल धादिङ क्षेत्र नं. २ (प्रदेश सभा क्षेत्र ‘क’) को शनिबार सम्पन्न क्षेत्रीय अधिवेशनले कुमार विश्वकर्मालाई सभापतिमा चयन गरेको छ ।
नवनिर्वाचित क्षेत्रीय समितिमा प्रकाश तामाङ उपाध्यक्ष, बुद्धिमान तामाङ सचिव, युकेस तामाङ र बुद्धे तामाङ सदस्यमा चयन भएका छन् । एक उपाध्यक्ष, कोषाध्यक्ष र अन्य सदस्य भने कार्यसमितिको बैठकमार्फत मनोनित गरिने जनाइएको छ ।
संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, पूर्व सभापति रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङ्गाना, प्रदेश सभा सदस्य गोविन्द लम्साल लगायतको विशेष उपस्थितिले कार्यक्रमलाई गरिमामय बनाएको थियो ।
फोटो सौजन्यः नबराज दुवाडी
