
धादिङ । “मानसिक समस्या र युवा पुस्तामा बढ्दो प्रभाव” विषयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा एड्भान्स एकेडेमीका संगम लम्साल प्रथम स्थान हासिल गर्दै उत्कृष्ट वक्ता घोषित भएका छन् ।
नीलकण्ठ नगरपालिका–३ को आयोजना तथा चिकित्सा विज्ञान एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरूको सहयोगमा सम्पन्न उक्त प्रतियोगितामा धादिङ बोर्डिङ स्कुलकी प्रत्थुशा सापकोटा दोस्रो र न्यु किबो बोर्डिङ स्कुलकी कृतिका नेपाल तेस्रो बनेका थिए ।

प्रतियोगितामा नीलकण्ठ बहुमुखी क्याम्पसका प्रमुख मुरारी अधिकारी, प्राध्यापक प्रकाश पौडेल र महाराजगञ्ज चिकित्सा अध्ययनरत विद्यार्थी केशव खाती निर्णायकको भूमिकामा थिए ।
कार्यक्रमको अध्यक्षता वडा नं. ३ की कार्यवाहक अध्यक्ष संझना विककाे रहेकाे थियो भने प्रमुख अतिथि रोशत कुमार श्रेष्ठ र वडा सदस्य सन्तोष थापा उपस्थित रहनुभएको थियो ।
विजेताहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण गर्दै अतिथिहरूले विद्यार्थीहरूको प्रस्तुति प्रशंसनीय रहेको बताएका थिए ।
