
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आज मानव बेचबिखन विरुद्धको १९औँ राष्ट्रिय दिवस विविध कार्यक्रमसहित मनाइएको छ ।
गाउँपालिकाले दिवसको अवसरमा सचेतना -याली प्रदर्शन गर्दै समुदायमा मानव बेचबिखनको जोखिम र रोकथामका उपायबारे जनचेतना बढाउने प्रयास गरेको थियो ।
त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष देवराज धरेलले मानव बेचबिखनको समस्या अझै गम्भीर रहेको बताए । उनका अनुसार, धादिङ अझै मानव बेचबिखनको ‘स्रोत जिल्ला’को रूपमा सूचीकृत छ । गरिबी, रोजगारीको अभाव, अशिक्षा र वैदेशिक रोजगारीको प्रलोभनका कारण यहाँका किशोरीहरू बढी जोखिममा परिरहेका छन् । पछिल्ला वर्षहरूमा धादिङबाट उद्धार भएका पीडितहरूको तथ्यांकले यो समस्या गम्भीर रहेको देखाएको छ ।
उपाध्यक्ष धरेलले यस प्रकारका कार्यक्रमहरूले बालबालिका, किशोरी र महिलाहरूलाई सुरक्षित वातावरण प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सचेतनामूलक -याली तथा अन्य कार्यक्रममार्फत गाउँपालिकाले मानव बेचबिखनविरुद्धको संदेश व्यापक समुदायसम्म पुर्याउने लक्ष्य राखेको छ।
