
धादिङ । बेनीघाट रोराङ गाउँपालिका–५, विशालटारस्थित चन्द्रोदय बहुमुखी क्याम्पसमा आयोजित छात्रा ब्याडमिन्टन र छात्र टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ।
स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको सो प्रतियोगितामा विभिन्न विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
विजयीहरूको विवरण
ब्याडमिन्टन (छात्रा तर्फ)
- प्रथम : अस्मिता सिलवाल
- द्वितीय : दिक्षा खनाल
- तृतीय : रन्जिता नेपाली र सलिना ठकुरी
टेबलटेनिस (छात्र तर्फ)
- प्रथम : सुदिप थापा
- द्वितीय : आदेश भट्टराई
- तृतीय : सुमन थापा र सुप्रिम थपलिया
प्रतियोगिताले विद्यार्थीहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने मात्र नभई स्वास्थ्यसँगै मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न सहयोग पुर्याउने स्ववियु सभापति अभिशेषक पाण्डेले बताए ।

