
धादिङ । धादिङबेशीमा दुई दिने १२औं जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । धादिङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा टिम ‘ए’ र टिम ‘बी’ गरी ४८ टिमले भाग लिएका थिए ।
प्रतियोगितामा टिम ‘ए’तर्फ सुदिप सिंह ठकुरी र इश्वर थापा मगर प्रथम भएका छन् भने लक्ष्मण मल्ल र कृष्ण कुमार श्रेष्ठ दोस्रो, र राजकुमार श्रेष्ठ–अन्जान श्रेष्ठ तथा गकुल मगर–आकाश गुरुङ तेस्रो स्थानमा पुगेका छन्।
टिम ‘बी’तर्फ, सुमन महत र गणेश थारु प्रथम भए । दोस्रो स्थान भिम श्रेष्ठ र आयुस मगरले हासिल गरे भने तेस्रो स्थान भिमसेन थापा–रोमन थापा र साइमन दुवाडी–प्रदीप सुवेदीले प्राप्त गरे।
समापन कार्यक्रममा धादिङ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष विष्णुलाल श्रेष्ठ र नीलकण्ठ नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष राजकुमार श्रेष्ठले विजयी खेलाडीहरूलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरे।
पुरस्कार राशी यसप्रकार थियो:
टिम ‘ए’
- प्रथम: रु १८,०००
- दोस्रो: रु १२,०००
- तेस्रो: रु ५,००० (दुई जोडी)
टिम ‘बी’
- प्रथम: रु १२,०००
- दोस्रो: रु ८,०००
- तेस्रो: रु ४,००० (दुई जोडी)
प्रतियोगिताले स्थानीय खेलाडीहरूमा प्रतिस्पर्धात्मक भावना र खेलप्रति उत्साह बढाउने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।
