बेनीघाट रोराङमा प्रविधिमैत्री सीप प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
भदौ १६, २०८२

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले शिक्षकहरुको प्रविधिमैत्री दक्षता अभिवृद्धि गर्न प्रविधिमैत्री सीप प्रतियोगिता आयोजना गर्न लागेको छ । गाउँपालिकाको वार्षिक शैक्षिक क्यालेन्डर २०८२ अनुसार, प्रतियोगिताले शिक्षण–सिकाइ क्रियाकलाप र विद्यालय व्यवस्थापनमा थप प्रभावकारिता ल्याउने उद्देश्य राखेको छ।

सूचनाअनुसार प्रतियोगिता २०७८/०५/२१ गते विहान ९ बजे श्री चन्द्रोदय माध्यमिक विद्यालय, विशालटारमा सञ्चालन हुनेछ । इच्छुक शिक्षकहरुले समूहगत रुपमा भाग लिन सक्नेछन् ।

प्रतियोगिताका सम्भावित क्षेत्रहरु यस प्रकार छन्:

  • क्षेत्र १: आयोजकले उपलब्ध गराएको जुनसुकै पत्र युनिकोडमा टाइप, फाइल सेभ र प्रिन्ट गर्नु ।
  • क्षेत्र २: PowerPoint Slide Show तयार गर्नु ।
  • क्षेत्र ३: Word File को आधारभूत सीप ।
  • क्षेत्र ४: Excel Sheet मा विवरण टेबुलेसन र विश्लेषण ।
  • क्षेत्र ५: शिक्षासँग सम्बन्धित कार्यालयहरुको वेबसाइट भिजिट गरी निर्देशन अनुसार महत्वपूर्ण सूचना/डकुमेन्ट डाउनलोड गर्नु ।
  • क्षेत्र ६: तोकिएको ईमेल ठेगानामा फाइल संलग्न गरी पठाउनु ।

प्रतियोगिता दुई समूहमा सञ्चालन हुनेछ:

  • समूह क: प्राथमिक तहका शिक्षकहरु
  • समूह ख: निम्न माध्यमिक तह तथा माध्यमिक तहका शिक्षकहरु

समूहगत रुपमा प्रथम तीन स्थान हासिल गर्ने शिक्षकहरुलाई राष्ट्रिय शिक्षा दिवसको अवसरमा सम्मान र पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितासम्बन्धी थप जानकारीका लागि प्रमुख प्रशासकीय अधिकृत रामबाबु पौडेलसँग सम्पर्क गर्न सकिन्छ।
फोन: +१८७७-०१०-४१६०० | इमेल: info@benighatrorangmun.gov.np | वेबसाइट: www.benighatrorangmun.gov.np

x