
जिल्ला अधिवेशन मङ्सिर १२ र १३ गते गर्ने निर्णय
धादिङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) धादिङ जिल्ला कमिटीको आज बसेको पूर्ण बैठकले मङ्सिर १२ र १३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ।
केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले आगामी कात्तिक महिनाभर गाउँपालिका अधिवेशन सम्पन्न गरी मङ्सिर दोस्रो साता जिल्ला अधिवेशन गर्ने कार्यतालिका तय गरेको हो।
बैठकमा पार्टी संगठन सुदृढीकरण, अधिवेशन तयारी तथा स्थानीयस्तरमा नेतृत्व चयन लगायतका विषयमा विस्तृत छलफल भएको जनाइएको छ ।
