लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण र शुद्ध खानेपानी वितरण

Avatar photo
Dhadingpost
भदौ १०, २०८२

धादिङ । हरितालिका तीजको अवसरमा लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीले आज निःशुल्क स्वास्थ्य परीक्षण, जलपान वितरण र सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नीलकण्ठ–१२ स्थित पशुपति मन्दिर परिसरमा आयोजित गरिएको थियो ।

धादिङ अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य परीक्षणमा डा. अशोक छत्कुली र नर्सिङ प्रमुख एस्तर तामाङले १०५ जनालाई प्रेसर, ज्वरो, अक्सिजन लेबल, तौल, मुटुको धड्कन जाँचसहित घाउ चोटको सामान्य ड्रेसिङ र चिकित्सकीय परामर्श सेवा प्रदान गरे । साथै, बिरामीको आवश्यकतानुसार जीबन जल, ज्वरो, ग्यास्ट्राइटिस र दुखाई कम गर्ने औषधी वितरण पनि गरिएको थियो ।

कार्यक्रममा Rubi Beverage Pvt. Ltd. धादिङको सहकार्यमा निःशुल्क शुद्ध खानेपानी वितरण गरिएको थियो, जसबाट करिब १,००० जनाले जलपान सेवा लिएका थिए ।

कार्यक्रमको अन्त्यतिर क्लबका निवर्तमान अध्यक्ष तथा जोन चिएर पर्सन कृष्ण प्रसाद ढकाल (शिशिर), अध्यक्ष विक्रम विश्वकर्मा, प्रथम उपाध्यक्ष राजाराम रिजाल र पशुपति मन्दिर व्यवस्थापन समिति तथा टोल विकास संस्थाका पदाधिकारीहरूले संयुक्त रुपमा मन्दिर परिसरको सरसफाई पनि गरेका थिए ।

उक्त कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय ३२५ आई नेपाल रिजन ५ का रिजन चियर पर्सन कृष्ण बहादुर पौडेल, जोन १२ का जोन चियर पर्सन कृष्ण प्रसाद ढकाल (शिशिर) र लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष बद्री अधिकारी प्रमुख आतिथ्यमा सहभागी भएका थिए ।