
धादिङ । चीनको छेन्दुमा सम्पन्न अन्तर्राष्ट्रिय एण्टा तेक्वान्दो ग्राण्डस्लाम युथ लिगमा धादिङकी तविसा मम्बा तामाङले यू–१२ तर्फ स्वर्ण पदक जितेकी छन् ।
नेत्रावती डबजोङ–३ चौतारा निवासी तविसाले तेक्वान्दोको पुम्से विधामा तीन देशका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् ।
उनकी आमा मनु योन्जनका अनुसार प्रतियोगिता अगस्ट २१ र २२ गते दुई दिनसम्म चलेको थियो ।

