नीलकण्ठ र बेनीघाट रोराङमा नयाँ प्रमुख प्रशासकिय अधिकृतको आगमन

Avatar photo
Dhadingpost
भदौ ९, २०८२

धादिङ । देशभर उत्कृष्ट पालिकाका रूपमा मानिएका धादिङको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत (Chief Administrative Officer) सरुवा भएका छन् ।

नीलकण्ठका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदी कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं सरुवा भएका छन् । उनको स्थानमा बाग्लुङ नगरपालिकाबाट हरिदत्त कंडेल नीलकण्ठमा कार्यभार सम्हाल्न आएका हुन् ।

यसैगरी, बेनीघाट रोराङ गाउँपालिकामा कार्यरत नर्वदा घिमिरे सरुवा भएसँगै, भरतपुर महानगरपालिकाबाट रामबाबु पौडेल नयाँ प्रमुख प्रशासकिय अधिकृतको रूपमा नियुक्त भएका हुन् ।

यी दुबै नयाँ प्रमुख प्रशासकिय अधिकृतको आगमनसँगै चुनौती पनि थपिएको छ। देशकै उत्कृष्ट पालिका बन्न योगदान गरेका अघिल्ला हाकिमहरुको कामको निरन्तरता सुनिश्चित गर्नु पर्ने जिम्मेवारी अब उनीहरूको काँधमा आएको छ।