एड्भान्स एकेडेमीमा बुक–फ्री डे अन्तर्गत विभिन्न प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
भदौ ६, २०८२

धादिङ । एड्भान्स एकेडेमीले २०८२ भदौ महिनाको पहिलो शुक्रबार बुक–फ्री डे अन्तर्गत विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ । बुबाको मुख हेर्ने (कुशेँ औंसी) दिनको पूर्वसन्ध्यामा आयोजना गरिएको कार्यक्रममा प्रि–प्राइमरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रि–प्राइमरी तहका विद्यार्थीहरुले आफ्नै हातले तयार पारेका पाेष्टकार्ड मार्फत बुबाप्रति कृतज्ञता प्रकट गरेका थिए । कुशेँ औंसी हिन्दु धर्मालम्बीहरुले बुबाप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै मनाउने पर्वका रूपमा स्थापित छ ।

यस अवसरमा कक्षा १ देखि ५ सम्मका लागि ‘शब्दावली दौड प्रतियोगिता’, कक्षा ६ र ७ का लागि ‘स्क्रयाबल प्रतियोगिता’ तथा कक्षा ८ देखि १० सम्मका लागि ‘चेस प्रतियोगिता’ आयोजना गरिएको विद्यालयले जनाएको छ।

विजयी विद्यार्थीहरू

  • शब्दावली दौड (कक्षा १–५):
    कक्षा १ – अनिस बरुवाल (छात्र), मेलिना श्रेष्ठ (छात्रा)
    कक्षा २ – व्रिजेन सुवेदी (छात्र), मनिष भट्ट (छात्रा)
    कक्षा ३ – रिदिसा श्रेष्ठ (छात्रा)
    कक्षा ४ – रोमन श्रेष्ठ (छात्र), दिपिसा श्रेष्ठ (छात्रा)
    कक्षा ५ – दिप्सन भट्टचन (छात्र), खुसी घिमिरे (छात्रा)
  • स्क्रयाबल (कक्षा ६–७):
    कक्षा ६ – प्रथम सुस्मिता गुरुङ, द्वितीय सौगात रिजाल, तृतीय सदिक्षा शाक्य
    कक्षा ७ – प्रथम प्रसंसा थापा मगर, द्वितीय यूजिसा मास्कि, तृतीय आयुष लगुन, आविष्कार धमला
  • चेस (कक्षा ८–१०):
    प्रथम – निता भट्ट
    द्वितीय – कृतिका श्रेष्ठ
    तृतीय – करिशा आले मगर

विजयी तथा उत्कृष्ट विद्यार्थीहरुलाई प्रिन्सिपल भिमबहादुर श्रेष्ठ, भाइस प्रिन्सिपल कृष्ण गुरुङ, सुनिता तामाङ र नविन थपलियाले पुरस्कार वितरण गरेका थिए।

प्रिन्सिपल श्रेष्ठका अनुसार प्रत्येक शुक्रबार सञ्चालन हुने बुक–फ्री फ्राइडेअन्तर्गत यस्ता गतिविधिहरुले विद्यार्थीको नेतृत्व क्षमता अभिवृद्धि गर्ने, प्रतिस्पर्धाको भावना जगाउने, पढाइमा सहयोग पुर्‍याउने र सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने उद्देश्य लिएको छ।