धादिङमा ३५औँ पूर्व प्रहरी स्थापना दिवस मनाइयो

Avatar photo
Dhadingpost
भदौ २, २०८२

धादिङ । धादिङबेसीमा ३५औँ पूर्व प्रहरी स्थापना दिवस तीज विशेष दर खाने कार्यक्रम आयोजना गरेर मनाइयो ।

उक्त कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय शिवराज अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भयो भने प्रदेश सांसद गोविन्द लम्साल विशेष अतिथिका रूपमा सहभागी रहेका थिए ।

कार्यक्रममा १० जना अमर प्रहरी परिवार र पूर्व प्रहरी परिवारलाई खादा ओढाएर सम्मान गरिएको आयोजक नेपाल पूर्व प्रहरी संगठन धादिङका अध्यक्ष नवाज दुवाडीले धादिङपोष्टलाई जानकारी दिए ।